पाल्पामा गएराति बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस २२ गते।

पाल्पामा गएराति बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । अन्य १८ जना घाइते भएका छन् ।

बिहीबार राति रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुसार्ने गाउँका ६ जना महिलाको ज्यान गएको हो ।

मृतकहरुमा ५४ वर्षीया खिमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, २१ वर्षीया दानकुमारी खत्री, ४५ वर्षीया गुनी गाहा र १९ वर्षीया विमा पाण्डे रहेका अस्थाई ट्राफिक चौकीका हवल्धार खिम बिक्रम थापाले जानकारी दिए ।

दुर्घटनामा घाईते भएका अन्य १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडा नं. ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *