युएईको अबुधाबी ड्रबाट एक नेपालीले जित्यो ८२ करोड रूपैयाँको चिठ्ठा

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ २१ गते।

युएईको अबुधाबी ड्रबाट एक नेपालीले २ करोड ३० लाख दिराम अर्थात झन्डै ८२ करोड नेपाली रुपैयाँ जितेका छन्।

विगत सात वर्षदेखि कतारको राजधानी दोहामा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत उनले २३२९३६ नम्बरको टिकट जनवरी १६ मा खरिद गरेका थिए।

पाँच र १० वर्षका दुई छोराका बुबा पाल बिग टिकटका प्रतिनिधिबाट यो अप्रत्याशित चिठ्ठा परेको खबर सुनेर निकै खुसी भएका छन्।

‘म अत्यन्तै खुसी भएको छु। मै जितेको यो पैसा नेपाल फर्केर मेरो परिवारमा खर्च गर्नेछु’, उनले भने।

पालले विगत १५ महिनादेखि २० साथीहरूको समूहसँग मिलेर बिग टिकटहरू खरिद गर्दै आएका थिए। आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने उनको योजना छ।

‘यो कार्यक्रममार्फत नगद, सुन र ड्रीम कार पुरस्कार जित्ने मेरो प्रयास जारी राख्नेछु’, उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *