अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ २२ गते।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ।
आज दिउँसो प्रदेश एकका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश एकको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यो क्रम राति पनि जारी रहनेछ । तत्काल देशभर वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।