राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन आज मनोनयन दर्ता हुँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ २२ गते।

राष्ट्रियसभा उपाध्यक्ष पदको मनोनयन दर्ता आज हुँदैछ ।

संघीय संसद सचिवालयका अनुसार अपराह्न दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ।

सङ्घीय संसद्का सहायक प्रवक्ता दशरथ धमलाका अनुसार ४: १५ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र २३ गते निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रिय सभा उपाध्यक्षमा काँग्रेसले उम्मेदवार दिने जनाए पनि नाम सार्वजनिक गरेको छैन भने सत्तारुढ दलले पनि उम्मेदवार सार्वजनिक गरेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *