जनकपुरधामबाट हातहतियारसहित एकजना मिटरव्याजी पक्राउ

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,माघ २२ गते।

जनकपुरधाममा हातहतियारसहित एकजना मिटरव्याजी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १ बस्ने ४१ वर्षीय दिलिप साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनको घरबाट प्रहरीले एकथान कटुवा पेस्तोल, ३०३ राइफलमा लाग्ने गोली ४ थान, म्यागनममा लाग्ने गोली १ थान र म्यागनमको खोका १ थानसहित मिटरब्याज सम्बन्धित कागजात बरामद गरेको छ ।

प्रहरी नायव उपरीक्षक दिपकुमार रायको नेतृत्वमा शनिबार प्रहरी टोलीले साहको घर तथा पसल खानतलासी गरेको थियो । हतियारका साथै दिलिप र उनकी श्रीमती ममता देवी साहको नाममा रहेको राजीनामा फारम सहितको जग्गा धनीपुर्जा ३९ थान, दिलिपको नाममा जग्गा रोक्का रहेको फारम ५ थान, रकम उल्लेख नभई दस्तखत भएको सिटिजन बैंकको चेक १ थान पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *