अनलाईन न्युजपाटी , जनकपुरधाम,समाचारदाता,वैशाख ९ गते।
मुस्लिम समुदायले आज इदुलफित्र पर्व मनाउँदै छन् ।
रमादान महिना गरिब, दीन दुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाको विशेष व्यवस्था गरेको मानिन्छ। इद उल फित्रका अवसरमा एक आपसमा खुसियाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ। यो दिनमा मुस्लिम धर्मावलम्बी पवित्र भई सफा पवित्र लुगा लगाई मस्जिदमा गएर नमाज पढ्ने परम्परा रहेको छ।
आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । खुसीपूर्वक गरिबलाई दान गरिने भएकाले सो पर्वलाई इद उल फित्र भनिएको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मुस्लिम धर्मावलम्बीहरुको महान पर्व ईद–उल–फित्र (रमजान)को अवसरमा शुभकामना सन्देश दिएका छन् ।