आइपिएलमा चेन्नाई सुपरकिंग्सले सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजीत गर्यो

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,वैशाख ९ गते।

आइपिएलमा चेन्नाई सुपरकिंग्सले सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको छ ।

चेन्नाईको चिदम्बरम स्टेडियममा हैदरावादले दिएको १३४ रनको सामान्य लक्ष्य चेन्नाईले १८.४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो।

चेन्नाईका डेभन कनवेले १२ चौका र १ छक्काको विस्फोट ब्याटिङ गर्दै ५७ बलमा ७७ रन बनाए।

त्यस्तै ओपनर रूतुराज गाइक्वडले ३० बलमा ३५ रन बनाए।

बलिङतर्फ  मयंक मारकन्डले दुई विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले ७ विकेट गुमाएर १३४ रन बनाएको थियो।

ओपनर अभिशेक शर्माले ३४ रन बनाउन ३ चौका र एक छक्का हाने। राहुल त्रिपाठीले २१ बलमा एक चौका र एक छक्का हान्दै २१ रन बनाए।

अर्का ओपनर ह्यारी ब्रुकले १३ बलमा ३ चौका प्रहार गर्दै १८ रन बनाए। हेनरिच क्लासेन र मार्को जनसेनले समान १७/१७ रन बनाए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *