मङ्गलवार वा बुधबार मनसुन नेपालमा प्रवेश गर्ने सम्भावना

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,जेठ २८ गते।

नेपालमा आउँदो मङ्गलवारदेखि गर्मी केही कम हुने मौसमविद्ले अनुमान गरेका छन् ।

बीपरज्वए आँधी र बङ्गालको खाँडीमा विकसित न्यून चापीय प्रभावले मङ्गलबारदेखि नेपालमा बदली भई गर्मी घट्ने सम्भावना रहेको मौसमविद्ले जानकारी दिए ।

दुई वटा प्रणालीले मनसुनी वायुलाई उत्तरतर्फ धकेल्न सहयोग गर्ने भएकाले मङ्गलवार वा बुधबार मनसुन नेपालमा प्रवेश गर्ने सम्भावना देखिएको उनले बताए ।

तराई मधेसका जिल्लामा खपिनसक्नुको गर्मी उस्तै छ । मध्य र पश्चिम तराईका धेरैजसो ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । तराई मधेसका जिल्लामा तातो हावा चल्ने क्रम जारी नै रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान् महाशाखाले अनुरोध गरेको छ ।

तातो हावाबाट बच्न घरभित्र अर्थात् चिसो ठाउँमा रहन, बाहिरी वातावरणमा बढी नजान, हल्का लुगा लगाउन विज्ञले आग्रह गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *