साउन १ गतेदेखि विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गर्ने

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार २ गते।

साउन १ गतेदेखि विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गर्ने निर्वाचन आयोगले जानकारी दिएको छ ।

सोमबार बसेको राष्ट्रियसभाको राष्ट्रिय तथा समन्वय समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी १ साउनदेखि विदेशमा रहेका नेपालको मतदाता नामावली संकलन गर्ने जानकारी दिएका हुन् ।

उहाँले त्यसका लागि विदेशमा रहेका नेपालीलाई अनलाइनमार्फत नेपालमा आफ्नो स्थायी ठेगानामा मतदाता नामावली कायम हुने गरी दर्ता गर्न लगाउने आयोगले तयारी गरिरहेको बताउनुभयो । त्यसपछि सम्बन्धित देशको कूटनीतिक नियोगमा सम्बन्धित व्यक्तिको फोटो र औंठा छाप संकलन गरिने जानकारी दिँदै प्रमुख आयुक्त थपलियाले भन्नुभयो– ‘पहिलो चरणमा खाडी मुलुकहरू युनाइटेड अरब इमिरेट्स, कतार र मलेसियामा मतदाता नामावली संकलन गरिनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *