अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,असार २० गते।
गोली प्रहारबाट महोत्तरीमा एकजना गम्भीर घाइते भएका छन् ।
महोत्तरीकै रामगोपालपुर नगरपालिका-१ बसबिट्टी बजारका ४४ वर्षीय श्रवण यादव गम्भीर घाइते भएका हुन् ।
मंगलबार साँझ साढे ५ बजेतिर समान्य विवादको क्रममा कौशल मण्डलले श्रवण यादवमाथि दुइ राउन्ड गोली प्रहार गरेको डिएसपी गिरीले बताए ।
यादवको कन्चट र अर्को राउण्ड दाहिने कुमको माथी गोली लागेको छ ।
गम्भीर घाइते उनलाई थप उपचारको लागि जनकपुरको जानकी हेल्थकेयरमा ल्याइएको छ ।
गोली प्रहार गर्ने मण्डल र उनले प्रयोग गरेको पेस्तोल, गोलीको खोका तीन थानसहित घटनास्थलबाटै पक्राउ गरेको डीएसपी गिरीले बताए ।