कक्षा १० को नतिजा पुरानै ग्रेडिङ पद्धति अनुसार सार्वजनिक गरिने

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार १९ गते।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को नतिजा पुरानै ग्रेडिङ पद्धति अनुसार सार्वजनिक गरिने भएको छ।

बोर्डले २०७९ को कक्षा १० को नतिजा शुक्रबारभित्रमा सार्वजनिक गर्ने तयारी गरेको छ। ‘परीक्षा सार्वजनिक गर्ने अन्तिम तयारीमा छौ। शुक्रबारभित्रमा सार्वजनिक गर्छौ, श्रेष्ठले भने। ‘

लेटर ग्रेडिङ अनुसार सबै विषयमा ३५ प्रतिशत नतिजा नआउने विद्यार्थीको नन ग्रेडेड हुने भन्ने छ। तर, बोर्डले यो वर्ष उक्त निर्णय कार्यान्वयन नगर्ने भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *