अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार १८ गते।
सिंगापुरलाई ९७ रनले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो। अब नेपालले उपाधिका लागि भोलि आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।
नेपालका लागि ओपनरद्वय सूर्यान्सु कोइरालाले ४३ रन र निरजकुमार यादवले ४२ रन बनाए। सन्तोष यादवले १८ रन र कप्तान अभिषेक तिवारीले २५ रनको योगदान गरे। बलिङमा सिंगापुरका हरिहरनले ३ विकेट लिए।
१८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ९७ रनमै अलआउट भयो। सिंगापुरका लागि ओपनर रोशन रविचन्द्रनले २४ रन जोड्दा प्रनव धनुकाले नटआउट १४ रन बनाए।
बलिङमा नेपालका कृतिक कामदले ३ विकेट लिए। उनले २.३ ओभरमा १ मेडन राख्दा ९ रन खर्चिए। अभिषेक तिवारी, प्रतिक पोखरेल, सन्तोष यादव, अशोक धामी र नरेश भट्टले १-१ विकेट लिए।