बागमती प्रदेशसभा बैठक आज बिहान ११ बजे बस्ने

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार १८ गते।

बागमती प्रदेशसभा बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।

बजेट वक्तव्यमा सत्तापक्षले प्रतिपक्षसँग सहमति जुटाउने सिलसिलामा आइतबार बसेको सर्वदलीय बैठकमा सहमति नजुटेपछि बैठक स्थगित भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

उनका अनुसार आज पनि सहमतिको प्रयास हुने छ । आज सहमति जुट्ने सम्भावना भएकाले बिहान ११ बजे बैठकको समय निर्धारण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *