आज गुरु पूर्णिमा

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार १८ गते।

आज गुरु पूर्णिमा। ज्ञान दिने गुरुको सम्मान गरी आज गुरु पूर्णिमा मनाइँदैछ। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ उज्यालो भन्ने बुझिन्छ। अँध्यारोबाट उज्यालोतर्फ लग्ने पात्रलाई नै सम्मानपूर्वक गुरु भनिएको सनातन धर्मको मान्यता छ ।

आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले यस दिन विभिन्न मिष्ठान्न भोजनका साथ सम्मान गर्ने परम्परा रही आएको छ । गुरु पूर्णिमाका दिन विभिन्न विद्यालय एवं संघसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *