एसईईको पूरक ( ग्रेडवृद्धि ) परीक्षा साउन २६ र २७ गते हुने

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार २३ गते।

एसईईको पूरक ( ग्रेडवृद्धि ) परीक्षा साउन २६ र २७ गते हुने भएको छ।

अन्तिम ग्रेड सी या सी भन्दा कम प्राप्त गरेकामध्ये बढीमा दुई विषयमा ग्रेडवृद्धि परीक्षा दिन पाउने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थीले पनि ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । तर परीक्षा रद्द भएका परीक्षार्थीहरु भने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने छैनन् ।

गत चैत १७ गतेदेखि सञ्चालन गरिएको एसईईको नतिजा असार २१ गते सार्वजनिक गरिएको थियो। जसमा २२ हजार ४७५ विद्यार्थीले ए प्लस ग्रेड ल्याएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *