अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,असार २४ गते।
धनुषामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
धनुषाको कमला नगरपालिका वडा नं. २ माचि झिटकैयास्थित खेतमा सिँचाई गर्न गएका स्थानीय ५५ वर्षीय सर्यदेव ठाकुर बरहीको आज बिहान ५ बजे आफ्नै खेतमा धानको बीउमा पानी हाल्न गइरहेका बेला स्थानीय सत्यनारायण यादव (सत्ते) ले ओछयाएको मोटरको तार हटाउने क्रममा उनलाई करेन्ट लागेको थियो ।
उनको घटनास्थलमै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
तार ओछ्याएर छाड्ने सत्यनारायणको खोजी र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मृतक सर्यदेव ठाकुर बरहीको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको छ ।