अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार २४ गते।
डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी परेका छन् ।
जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाएर बिरामी परेका हुन्।
डोटी प्रहरीका अनुसार १८ वर्षीय अनमोल दुरा, आशु बोगटी, ६० वर्षीया गंगा दुरा, १४ वर्षीया एलिजा दुरा, १० वर्षीया मीना बोगटी, सुनिल खड्का, शकुन्तला खड्का, निशा बोगटी र वर्मा देवल विषालु च्याउ खाएर बिरामी परेका हुन्।
बिरामी परेका उनीहरुको अवस्था मध्यम रहेको र डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।