अनलाईन न्युजपाटी ,बिराटनगर,समाचारदाता,साउन २९ गते।
विराटनगरमा एक युवामाथि तरबार प्रहार भएको छ ।
विराटनगर महानगरपालिका–८ का २२ वर्षीय महमद हलिम गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
उनीमाथि २:४५ बजेतिर तरबार प्रहार भएको र प्रहार गर्नेहरू फरार भएको प्रहरीले जनाएको छ।
घाइतेको दुवै हातमा गहिरो चोट छ। उनीमाथि विराटनगर–८ का समीर हुसेनलगायतका तीन जनाले तरबार हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
अहिले घाइते हलिमको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।