विराटनगर महानगरपालिकाद्धारा कक्षा ११ र १२ का विद्यार्थीका लागि छात्रवृत्तिको आवेदन माग

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन २९ गते।

कक्षा ११ र १२ का विद्यार्थीका लागि विराटनगर महानगरपालिकाले आवेदन माग गरेको छ ।

विराटनगर महानगरपालिका शिक्षा समितिको साउन २५ गतेको निर्णय अनुसार अनिवार्य तथा निःशुल्क शिक्षा ऐन तथा नियमावली अनुसार न्यूनतम १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन आवेदन माग गरिएको छ । महानगरपालिकाले आगामी भदौ १६ गते छात्रवृत्तिको परीक्षा लिने भएको छ । त्यसका लागि ईच्छुक विद्यार्थीहरुलाई भदौ १० गतेसम्ममा फारम भर्न आग्रह गरिएको छ ।

विद्यार्थीका लागि छात्रवृत्ति फारम सम्बन्धित विद्यालयमा, महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखामा वा अनलाइनका लागि biratnagarmun.gov.np लग इन गरेर भर्नसक्ने सुविधा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *