नवरात्रको चौँथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिंदै

अनलाईन न्युजपाटी ,जनकपुरधाम,ज्योतिष,समाचारदाता,कार्तिक १ गते।

नवरात्रको चौँथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिंदै छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ ।

कुष्माण्डा भगवतीको हातमा चक्र, कलश, कमलको फूल, वाँण, धनुष, कमण्डल र जपमाला छन् । आदिशक्तिस्वरुपा माता कूष्माण्डा देवी थोरै समयको आराधनाबाट पनि प्रसन्न हुनुहुन्छ । जुन शक्तिको आराधनाले दुःखकष्ट, रोग ब्यधि हटेर आयु, सन्तान, यश, कीर्ति, बल प्राप्त हुन्छ ।

चतुर्थी तिथिका दिन माता कुष्माण्डको पूजा आराधना गरेमा ज्ञान र बुद्धि प्रदान हुनुका साथै कुनै पनि प्रकारका वाणीमा दोष छ या नबोल्ने बालकहरूका लागि रोकिएको वाणी खुल्ने छ। उक्त तिथिमा मालपुवा अर्पण गरी पूजा गरेमा र मालपूवा दान गरेमा शुभ हुने कुरा उल्लेख गरिएको छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *