अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,पुस २७ गते।
मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका संसदीय दलका नेता सरोज यादव नियुक्त भएका छन् ।
आज प्रदेश प्रमुख हरिशंकर मिश्रले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यादवले ६३ प्रदेशसभा सदस्यको समर्थनसहितको पत्र बुझाएपछि उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।
उनलाई नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाहेकका सबै दलले समर्थन गरेका छन् ।