अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,पुस २७ गते।
तराईमा शीतलहरले तराईको जनजीवन कष्टकर बनेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार १७ पुदेखि तराईमा शीतलहर चल्न थालेको हो।
पछिल्ला दिनमा तराईमा दिनभर हुस्सुरकुहिरो लाग्दै आएको छ। आज बिहान पनि तराईमा बाक्लो हुस्सु छ।
अत्यधिक चिसोका कारण अत्यावश्यक कामबाहेक मानिस घर बाहिर निस्कन सकेका छैनन् । पश्चिमी वायुसँगै तराईमा धेरै चिसो बढेको हो ।
यसअघि केही दिन दिउँसोसम्म हुस्सु कुहिरो लागे पनि बेलुकी पख हट्ने गरेको थियो । यसले गर्दा केही राहत मिलेको थियो । तर, पश्चिमी न्यून चापीय प्रणाली सक्रिय नबन्दा फेरि शीतलहर चलेको छ ।
शीतलहर चलेका बेला बिहान, दिउँसो र रातिको तापक्रम उस्तैउस्तै हुने भएकाले कठ्याङ्ग्रिँदो चिसो हुन्छ ।
शीतलहरका कारण जनजीवन प्रभावित हुन सक्ने भन्दै सचेत रहन तराई मधेसका बासिन्दालाई मौसमविद्को आग्रह छ ।