अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस २७ गते।
सुदूरपश्चिमको प्रदेश लोकसेवा आयोगले नयाँ कर्मचारी नियुक्तिका लागि विज्ञापन आह्वान गरेको छ ।
प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौँ तहका विभिन्न सेवा समूहका लागि आयोगले दरखास्त आह्वान गरेको हो ।
सुदूरपश्चिम प्रदेश र अन्तर्गत निकाय र कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ को व्यवस्था बमोजिम सुदूरपश्चिम प्रदेशस्थित स्थानीय तहहरूमा रिक्त भएका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरिएको हो ।
योग्यता पुगेका उम्मेदवारहरूले माघ १७ गतेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।