अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ १२ गते।
आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्दैछ ।
बैठकमा पार्टी संगठन विकास र विस्तार लगायतका समसामयिक विषयमा पनि छलफल हुने छ ।
आजको बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धिबारे पनि छलफल हुने छ।
आजको बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मिति तोक्नेछ ।