भारतले आज ७४ औं गणतन्त्र दिवस मनाइँदै

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,माघ १२ गते।

भारतले आज ७४औं गणतन्त्र दिवस मनाउँदैछ ।

भारतले हरेक वर्ष जनवरी २६ तारिखलाई गणतन्त्र दिवसका रुपमा मनाउँदै आएको छ । सन् १९५० मा आजकै दिन भारत गणतन्त्रात्मक देश घोषणा भएको थियो ।

दिवसको अवसरमा हुने परेडका लागि दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

वर्तमान अवस्थामा भारत विश्वको उदाउँदो शक्ति राष्ट्र हो। यसका अतिरिक्त विभिन्न क्षेत्रीय एवं अन्तर्राष्ट्रिय मञ्चमा यसले प्रभावकारी एवं निर्णायक भूमिकाको निर्वाह गरिरहेको छ। हालै गरिएको एक सर्वेक्षणको परिणाममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई विश्वकै सर्वाधिक लोकप्रिय नेताको रुपमा देखाइएको छ। यो पनि भारतका लागि उपलब्धिकै विषय हो।

बेलायतको साम्राज्यबाट स्वतन्त्र भएर सार्वभौमअधिकार सम्पन्न भारतीय सरकारले नयाँ संविधान जारी गरेको दिनमा देशभर तथा आफ्ना दूतावास भएका देशमा यो दिवस मनाउने गरेको छ । भारत सन् १९४७ को अगस्ट १५ तारिखमा स्वतन्त्र भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *