मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल नेपालमा

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ २० गते।

मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीन दिने भ्रमणका लागि बिहीबार नेपाल आइपुगेको छ ।

उनी बिहीबार साँझ काठमाडौँ आइपुगेका हुन्।

भ्रमणका क्रममा गृहमन्त्री इस्माइलले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्नेछन् ।

भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीसँग छलफल गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *