माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ २० गते।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ ।

पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने माओवादीले जनाएको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यव्यस्तता देखाउदै बुधबार र बिहीबार बिहान गरी तीनपटक बैठक सारिएको थियो ।

समसामायिक राजनीति, राष्ट्रपति निर्वाचन, गृहमन्त्री चयनदेखि पार्टीका स्थायी र पोलिटब्युरो सदस्यको केन्द्रीय विभागको कार्यविभाजन बैठकका मुख्य एजेण्डा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *