अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,फागुन १४ गते।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदैछन् ।
गोरखामा हुने २ वटा कार्यक्रममा सहभागी हुन प्रचण्ड गोरखा जान लागेका हुन् ।
दिलबहादुर रम्तेलको स्मृति सभालगायत कार्यक्रममा भाग लिन बारपाक सुलिकोट जाने र मतदाता तथा कार्यकर्ता भेटघाटलाई पालुङटार जाने कार्यक्रम तय भएको हो।
प्रधानमन्त्री प्रचण्ड आज बिहान ११ बजे बारपाक सुलिकोट गाउँपालिका आइपुग्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिए।
गत मंसिर ४ मा प्रचण्ड गोरखा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। निर्वाचित भएपछि उनी मतदातालाई धन्यवाद दिन गाउँ-गाउँमा जान पाएका थिएनन्।