अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,जेठ ३१ गते।
कोशी प्रदेश सरकारले चालू दोश्रो तथा बजेट अधिवेशन अन्त्य गरेको छ ।
प्रदेश सरकारको सिफारिसमा बुधबार राति १२ बजेबाट लागु हुने गरी प्रदेश प्रमुख पर्शुराम खापुङले अधिवेशन अन्त्य गरेका हुन् ।
बुधबार बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख खापुङले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
पास नहुने अवस्था देखिएपछि सरकारले नीति तथा कार्यक्रममा छलफल नै नगरी अधिवेशन अन्त्यको सिफारिस गरेको हो ।
असार १ गते बजेट ल्याउने तयारी भइरहँदा कोशी प्रदेश सभाको बैठक अन्त्य भएको हो ।