अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,फागुन ५ गते।
आईसीसी विश्वकप लिग टू अन्तर्गतको नेपाल आज स्कटल्याण्डसँग खेल्दै छ ।
तीन खेल अगावै विश्वकप लिग टूको विजेता बनेको स्कटल्यान्डविरुद्ध नेपालको खेल हुदैछ । टियु मैदानमा हुने खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।
पहिलो खेलमा नामिबियालाई पराजित गरेका दुवै टोली आज दोस्रो जितको खोजीमा रहेका छन् । स्कटल्याण्डसँग पहिलो पटक घरेलु भूमिमा खेल्दै गरेको नेपाल जित निकाल्न चाहन्छ ।
स्कटल्यान्डविरुद्ध नेपालले एक दिवसीय अन्तर्राष्ट्रियमा चार खेल खेलेकोमा १ मा मात्र जित हात पारेको छ ।
सिरिजमा नेपाल २५ खेलमा २० अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ । स्कटल्याण्ड ३३ खेलमा २३ मा जित र ८ मा हारका साथ ४८ अङ्कका साथ तीन खेल लगावै विश्वकप लिग टूको च्याम्पियन भइसकेको छ ।