अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,फागुन ५ गते।
आईसीसी महिला टी-ट्वान्टी विश्वकपमा आज दुई खेल हुदै छ ।
दक्षिण अफ्रिकामा जारी आठौं संस्करणको टी–ट्वान्टी अन्तर्गत आज समूह ‘ए’ र समूह ‘बी’ का खेलहरू हुदैछ ।
आजको पहिलो खेलमा समूह ‘ए’ मा रहेका बङ्गलादेश र न्युजिल्याण्डबीच खेल हुदैछ । खेल नेपाली समयअनुसार साँझ ६:४५ बजेबाट सुरु हुनेछ ।
दुवै देश पहिलो जितको खोजीमा रहेका छन् । दुई खेल खेलेका दुवै देश अङ्क विहीन रहेका छन् । दुई देशबीचको पछिल्लो चार टी-ट्वान्टी अन्तर्राष्ट्रियमा न्युजिल्याण्ड अपराजित रहेको छ ।
आज नै हुने दोस्रो खेलमा समूह ‘बी’ मा रहेका आयरल्यान्ड र वेस्ट इण्डिजबीच खेल हुदैछ । खेल नेपाली समयअनुसार बेलुका १०:४५ बजे आयोजना हुनेछ ।
दुवै देश पहिलो जितको खोजीमा रहेका छन् । आफ्नो दुवै खेल हारेका उनीहरू अङ्कविहीन रहेका छन् । दुई देशबीचको पछिल्लो चार टी-ट्वान्टी अन्तर्राष्ट्रियमा खेलमा वेस्ट इन्डिज अपराजित रहेको छ ।