अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,वैशाख ३ गते।
आईपीएलमा पन्जाब किंग्सले लखनउ सुपर जायन्ट्सलाई २ विकेटले पराजित गरेको छ ।
घरेलु मैदानमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको लखनउले २० ओभरमा ८ विकेट गुमाउँदै १५९ रनको योगफल बनायो। १६० रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबले १९.३ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
आइपीएलमा आज दुई खेल हुने भएका छन् । आज हुने पहिलो खेलमा मुम्बइले कोलकत्ता र गुजरातले राजस्थानको सामना गर्नेछन् ।