अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,वैशाख ३ गते।
भारत उत्तर प्रदेशका पूर्व सांसद अतिक अहमद र उनका दाजु अशरफको गोली हानी हत्या भएको छ ।
कोल्भिन अस्पताल नजिकै तीन आक्रमणकारीले आक्रमण गरेका थिए ।
पत्रकारको भेषमा आएका आक्रमणकारीले आतिक र अशरफमाथि गोली प्रहार गरेका थिए । जसका कारण दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले आक्रमणकारीलाई घटनास्थलबाटै पक्राउ गरेको थियो । प्रहरी घटनाको अनुसन्धानमा जुटेको छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनालाई निकै गम्भीर भन्दै तीन सदस्यीय उच्चस्तरीय अनुसन्धान आयोग गठन गरेका छन् । मुख्यमन्त्री आदित्यनाथले अधिकारीहरुलाई सुरक्षामा चनाखो रहन र शान्ति सुव्यवस्था खलबलिने गतिविधि नियन्त्रण गर्न निर्देशनसमेत दिएका छन् ।