आईपीएलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई ५५ रनले पराजित गर्यो

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,वैशाख १३ गते।

आईपीएलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई ५५ रनले पराजित गरेको छ ।

पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनाएको थियो ।  गुजरातका ओपनर शुभमन गिल (५६ रन)ले सिजनको तेस्रो अर्धशतक बनाएका थिए । गिलका अलावा डेभिड मिलनले ४६ र अभिनव मनोहरले ४२ रन बनाए । राहुल तेवाटियाले ५ बलमा २० रनको योगदान दिए ।

जवाफमा मुम्बईले ९ विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो ।

मुम्बईका लागि नेहाल वाडेरले २१ बलमा ३ चौका र ३ छक्का प्रहार गरी सर्वाधिक ४० रन बनाए । क्यामरुन ग्रीनले ३३ र सूर्यकुमारले २३ रन जोडे । पियुष चावलाले १८ तथा इशान किसन र अर्जुन तेन्दुलकरले समान १३ रन बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *