आईपीएलमा लखनउ सुपर जायन्ट्सले पन्जाब किंग्सलाई ५६ रनले पराजित गर्यो

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,वैशाख १६ गते।

आईपीएलमा लखनउ सुपर जायन्ट्सले पन्जाब किंग्सलाई ५६ रनले पराजित गरेको हो ।

लखनउले जितका लागि पन्जाबलाई २५८ रनको लक्ष्य दिएको थियो । पन्जाब एक बल बाँकी हुँदै २०१ रनमा अल आउट भयो ।

पन्जाबका अथर्व टैडेले ३६ बलमा सर्बाधिक ६६ रन बनाए । सिकन्दर राजा ३६, जितेश शर्मा २४, लियाम लिभिङस्टोन २३, साम करन २१, प्रभसिमरन सिंह ९ र शिखर धवन १ रनमा आउट भए ।

लखनका यश ठाकुरले ४, नवीन उल हकले ३, रवि विश्रोइले २ विकेट र मार्कस स्टाइनिसले एक विकेट लिए ।

पहिला ब्याटिङ गरेको लखनउले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा २५७ रनको विशाल योगफल तयार गरेको थियो ।

यो आईपीएल इतिहासकै दोस्रो ठूलो स्कोर हो भने यो सिजनको हालसम्मको सबैभन्दा ठूलो स्कोर हो ।सबैभन्दा ठूलो योगफल रोयल च्यालेन्जर्स बेंगलोरको नाममा रहेको छ । उसले पुणे वारियर्सविरुद्ध पाँच विकेटकै क्षतिमा २६३ रन बनाएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *