आईपीएलमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गर्यो

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,जेठ ८ गते।

आईपीएलमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गरेको हो ।

पहिले ब्याटिङ गरेको बैंग्लोरले ४ विकेटको क्षतिमा १९८ रनको लक्ष्य पुरा गरेको थियो ।

गुजरातका लागि गिलले ५२ बलमा १०४ रन बनाए । उनलाई ५३ रन बनाउँदै विजय शंकरले राम्रो साथ दिए । बैंग्लोरका लागि मोहम्मद सिराजले २ विकेट लिए । यसअघि, विराट कोहलीको शतकको मद्दतले बैंग्लोरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९७ रन बनाएको थियो । कप्तान फाफ डु प्लेसिसले २८ तथा माइकल ब्रेसवेलले २६ रनको योगदान दिए । गुजरातका लागि नुर अहमदले २ विकेट लिए ।

गुराजतको जीतसँगै मुम्बई इन्डियन्सले पनि प्रतियोगिताको प्लेअफमा स्थान बनाउन सफल भएको छ ।

त्यस्तै, चेन्नई सुपर किंग्स र लखनउ सुपर जायन्ट्स पनि प्लेअफमा पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *