अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,जेठ १६ गते।
चेन्नई सुपर किङ्सले पाँचौं पटक आईपीएलको उपाधि जित्न सफल भएको छ ।
सोमबार राति खेलिएको फाइनलमा चेन्नईले बलियो प्रतिद्वन्द्वी गुजरात टाइटन्सलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा पाँच विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।
कप्तान महेन्द्रसिंह धोनीको नेतृत्वमा रहेको चेन्नईले पाँचौं पटक आईपीएलको उपाधि चुमेको हो । यसअघि चेन्नईले सन् २०१०, सन् २०११, सन् २०१८ र सन् २०२१ म आईपीएलको उपाधि जितेको थियो ।