आज निर्जला एकादशी !

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,जेठ १७ गते।

आज निर्जला एकादशी

आज तुलसीका दानाहरूलाई जमिन वा तुलसीको मठमा छर्ने अर्थात् तुलसीको दल राख्ने गरिन्छ । निर्जला एकादशीको दिन छरिएका तुलसीका दानाहरू अंकुरण भएपछि तसलसीको त्यो बि?वालाई एक महिनापछि आउने असार शुक्लपक्षको ठूली एकादशीमा सार्ने अर्थात् रोप्ने गरिन्छ ।

आजको दिन व्रत बसी भगवान् विष्णुको पूजाआराधना गर्ने र महात्म्य सुन्ने सुनाउने गर्दा पुण्य प्रप्त हुने विश्वास गरिएको छ । निर्जला एकादशीमा विशेषतः शेषशायी रूपमा रहेका भगवान् विष्णुको पूजा आराधना गर्नुको विशेष महत्व रहेको छ ।

सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उनले जानकारी दिए ।निर्जला एकादशीमा जल पनि सेवन नगरी ब्रत बसिने भएकाले यसलाई निर्जला एकादशी पनि भनिन्छ ।

निर्जला एकादशीलाई पाण्डव एकादशी, भीम एकादशी पनि भनिन्छ । एकादशी भगवान् विष्णुसँग सम्बन्धित पर्व भएकाले यसलाई विष्णुव्रत पनि भनिने गरिन्छ ।

निर्जला एकादशीको दिन गरिएको व्रतलाई भोलिपल्ट द्वादशीको दिन भगवानलाई सर्वत चढाएर ब्राह्मणलाई बस्त्र दान गरी भोजन गराएपछि समाप्त गरिन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास पनि भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *