अनलाईन न्युजपाटी ,काठमाडौँ ,समाचारदाता,भदौ ३ गते।
स्पेनले पहिलो पल्ट महिला विश्वकप फुटबलको उपाधि जितेको छ ।
स्पेनले आइतबार भएको फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई १—० गोलले हराउँदै उपाधि चुमेको हो ।
स्पेनको लागि कप्तान ओल्गा कारमोना गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन्।
खेलको १६औं मिनेटमा इंग्ल्यान्डले प्रहार गरेको बल पोष्ट बार माथि लागेर फर्किएको हो। १७औं मिनेटमा स्पेनको प्रहार इङ्लन्डकी गोलकिपर म्यारी इराप्सले बचाएकी थिइन्।
स्पेनले खेलको ६९औं मिनेटमा पाएको पेनाल्टी इंग्ल्यान्डकी गोलकिपर इराप्सले बचाइन्। यो हारसँगै गत वर्ष इंग्ल्याण्ड लगातार युरो कप र विश्वकप जित्ने टिमको कीर्तिमान बनाउनबाट चुकेको छ।