राष्ट्रपति रामचन्द्र पौडेलद्धारा सर्वदलीय बैठक आह्वान

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ ३ गते।

राष्ट्रपति रामचन्द्र पौडेलले पहिलोपटक सर्वदलीय बैठक आह्वान गरेका छन् ।

बैठक मंगलबार बिहान साढे ८ बजे राष्ट्रपति भवन शितल निवासमा हुने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

राष्ट्रपति पौडेलले सबै राजनीतिक दलका नेताहरुलाई भेट्न र छलफल गर्नका लागि पहिलो पटक सर्वदलीय बैठक बोलाएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *