नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, फागुन १३ गते।

नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ ।

तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरु भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ-मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले पहाड काट्ने काम लगभग सकिएकाले आजदेखि बाटो बन्द नगर्ने निर्णय भएको जानकारी दिए।

६० मिटर अग्लो पहाड काट्न गत वर्ष पुस ५ देखि फागुन २० सम्म दैनिक चार घण्टा बाटो बन्द गरिएको थियो । गत वर्ष जम्मा २५ मिटरमात्रै पहाड काटेर काम रोकिएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *