आजदेखि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्दै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, फागुन १३ गते।

आजदेखि सरकारले दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्दैछ

आजदेखि चैत ७ गतेसम्म चल्ने अभियानमा ५७ लाख ४२ हजार ९९३ बालबालिकालाई खोप दिने लक्ष्य राखेको छ ।

मन्त्रालयका अनुसार अभियानमा ५ वर्ष मुनिका बालबालिकालाई छुट नियमित खोप पनि दिइँदैछ। नियमित खोप लगाउन छुटेका बालबालिकालाई खोप केन्द्रमा जाँदा नियमित खोप कार्ड लिएर जान पनि मन्त्रालयले आग्रह गरेको छ।

दादुरा, रुबेला निकै सङ्क्रामक र प्राणघातक रोग भएका कारण यसबाट बालबालिकाको मृत्यु नै हुन सक्ने भएकाले सरकारले त्यसबाट जोगिन खोप अभियान सञ्चालन गर्न लागेको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *