त्रिकोणात्मक टी-२० क्रिकेटमा नेपालले आज नामिबियासँग खेल्दै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, फागुन १८ गते।

त्रिकोणात्मक टी-२० क्रिकेटमा नेपालले आज नामिबियासँग खेल्दै छ

खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ ।

जारी सिरिजमा नेपाल लगातार दुई खेलमा पराजित भएको छ ।

नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो । नामिबियाले दिएको २०७ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८६ रनमा अल आउट भएको थियो ।

आजको खेलमा पराजित भएमा नेपाल फाइनल दौडबाट बाहिरिनेछ । फाइनल खेल मंगलबार हुने छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *