अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, फागुन १८ गते।
सशस्त्र प्रहरी बल नेपालले विभिन्न पदमा ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ।
आज एक सूचना जारी गर्दै रिक्त पदपूर्तिका लागि आवेदन माग गरिएको हो ।
प्राविधिक समूह प्रहरी निरीक्षकदेखि नायव निरीक्षकसम्मका पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ ।
इच्छुक उम्मेदवारले चैत १८ गते सम्म अनलाइनमार्फत दरखास्त दिन सक्ने भर्ना तथा छनौट शाखाले जनाएको छ ।