अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, पुस ५ गते
एसिसी यू-१९ महिला एसिया कप क्रिकेटमाआज नेपाल बंगलादेशसँग खेल्दै छ।
नेपाल र बंगलादेशबीचको खेल मलेसियाको क्वालालम्पुस्थित बायुमान ओभलमा बिहान ११:४५ बजे हुनेछ।
पहिलो पटक महिला एसिया कप खेलिरहेको नेपाल समूह उपविजेता बन्दै सुपर फोरमा पुगेको थियो।
सुपर फोरमा श्रीलंकाविरूद्धको खेल वर्षाका कारण रद्द भएपछि नेपालले आज बंगलादेशसँग सुपर फोरको दोस्रो खेल खेल्न लागेको हो।