आज नरक निवारण चतुर्दशी व्रत

अनलाईन न्युजपाटी ,जनकपुरधाम ,समाचारदाता,माघ १५ गते  

आज नरक निवारण चतुर्दशी व्रत मनाइँदैछ ।

मान्यता अनुसार यस दिन व्रत बसेर शिवको आराधना गर्नाले मृत्युपछि नरक जानबाट बचाउँछ ।

मिथिला क्षेत्रमा सबै उमेरका महिला तथा पुरुषले नर्क निवारण चतुर्दशीको व्रत बस्ने गर्दछन् । यो व्रत सूर्योदयदेखि सूर्यास्तसम्म मनाइन्छ ।

पौराणिक मान्यता अनुसार माघ महिनाको कृष्ण पक्षको चतुर्दशीका दिन भगवान शिव र माता पार्वतीको पूजा आराधना गर्नाले आयु बढ्छ ।

यस दिन भगवान शिवलाई बेलपत्र र बेर चढाउनुपर्छ र यस दिन रुद्राभिषेक गर्नु पनि लाभदायक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *