भारतमा ७६ औँ गणतन्त्र दिवस आज मनाइँदै

अनलाईन न्युजपाटी , एजेन्सी,समाचारदाता, माघ १३ गते  

भारतमा ७६ औँ गणतन्त्र दिवस आज  मनाइँदै छ।

गणतन्त्र दिवसको अवसरमा बिहान १० बजेदेखि नयाँ दिल्लीस्थित ‘कर्तव्यपथ’ मा राष्ट्रपति द्रौपदी मुर्मूबाट झण्डोत्तलनका साथै परेडको तयारी गरिएको छ। परेडमा विभिन्न प्रदेश र सरकारी विभागको झाँकी प्रदर्शन गर्ने गरिन्छ।

सन् १९५० मा २६ जनवरीका दिन भारत गणतन्त्र घोषित भएको थियो। भारत ब्रिटिस उपनिवेशबाट १९४७ अगस्त १५ मा स्वतन्त्र भएको थियो। १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *