अत्यधिक चिसो बढेपछि जनकपुरधाम उपमहानगपालिकाभित्रका विद्यालयहरूमा दुई दिन बिदा

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,माघ ११ गते  

अत्यधिक चिसो बढेपछि जनकपुरधाम उपमहानगपालिकाभित्रका विद्यालयहरूमा दुई दिन बिदा दिने निर्णय भएको छ ।

जनकपुरधाम उपमहानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा ११ देखि १३ माघसम्म दुई दिन जाडो बिदा दिने विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको हो ।

उपमहानगरका शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख धीरेन्द्रलाल कर्णले बिहीबार एक सूचना जारी गर्दै जानकारी गराएका हुन् । दुई दिनको जाडो बिदा शैक्षिक क्यालेन्डरमा उल्लेखित वर्षे बिदाबाट कट्टा गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

अत्यधिक जाडोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *