सिरहामा दाइको खुकुरी प्रहार गरी हत्या

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असार ९ गते

सिरहामा दाइको खुकुरी प्रहार गरी हत्या भएको हो ।

भाइ–बुहारी बिचको झगडा छुटाउन गएका गोलबजार नगरपालिका–३ का ३५ वर्षीय मोतीराम सदाको खुकुरी प्रहार गरी हत्या भएको हो ।

उनलाई आफ्नै भाइ २५ वर्षीय श्याम सदाले खुकुरी प्रहार गरी हत्या गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।

खुकुरी प्रहारबाट छातीमा गम्भीर घाउ लागेका मोतीरामलाई तत्काल उपचारको लागि प्रादेशिक अस्पताल लहान पठाइए पनि अस्पतालले मृत घोषणा गरेको छ ।

खुकुरी प्रहार गर्ने श्यामको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *