अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असार ९ गते
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी ५ रुपैयाँले बढेर दुई हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।